रौतहटमा झडपपछि मतपेटिका लुटपाट

२०७९ बैशाख ३० शुक्रबार १८:४४:०० मा प्रकाशित

रौतहट । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो । यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो ।

त्यसपछि आक्रोसित भीडले मतदान केन्द्र कब्जामा लिएर मतदान भएको र बाँकी रहेका मतपत्र च्यात्नुका साथै मतपेटिका तोडफोड गरेका हुन् । त्यसक्रममा केहीले मतपेटिका समेत लिएर भागेका थिए । पानी हालेको अवस्थामा मतपेटिका बरामद भएको प्रहरीले जनाएको छ । दुवै स्थानमा मतदान रद्द गरिएको भएको निर्वाचन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

ताजा खबर