एमाले अध्यक्ष ओलीद्वारा भक्तपुरमा मतदान

२०७९ बैशाख ३० शुक्रबार १२:१७:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन् । अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ’क’ मा गएर मतदान गरेका हुन् ।

मतदानपछि पत्रकारहरुसँग कुरा गर्दे उनले मतदानमा उत्साहजनक जनसहभागिता रहेको बताए । उनले भने,‘यो निर्वाचन दुई महिनाअघि हुनुपर्ने हो। ढिलो गरी भयो। जनताको उत्साहजनक सहभागिता छ।’
 

ताजा खबर