सुर्खेतमा एमालेका वडाध्यक्षका उम्मेदवार पैसा बाँड्दै गरेका बेला पक्राउ

२०७९ बैशाख २९ बिहीबार ११:२६:०० मा प्रकाशित

कर्णाली । सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार पक्राउ परेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई बुधबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पक्राउ परेका विसीलाई प्रहरी चौकी मेहलकुनामा राखिएको र निर्वाचन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर