निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता परिचयपत्र वितरण

२०७९ बैशाख २८ बुधबार १५:०२:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले विभिन्न निर्वाचन अधिकृतको कार्यालयमार्फत मतदाता परिचयपत्र वितरण गरिरहेको छ । आयोगले आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ। यसका साथै मतदाता परिचय पत्र वितरण गरेको स्थानमा मतदाता शिक्षा पनि दिइएको छ । आयोगले नमुना मतपत्रलगायत पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यमबाट मतदान गर्ने सही तरिकाबारे जानकारी गराएको हो ।

मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिएर जानुपर्ने आयोगले जनाएको छ । मतदाताले हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको ठाउँमा कोठाभित्र पर्ने गरी मत सङ्केत गर्नुपर्छ। स्थानीय तहको निर्वाचन बैंशाख ३० गते देशभर हुँदैछ।
 

ताजा खबर