प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पटीकरण

२०७९ बैशाख २७ मंगलबार २०:५०:०० मा प्रकाशित

काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । वैशाख २३ गते भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो । मंगलबार नेपाली कांग्रेस(बीपी)ले प्रचण्डविरुद्ध मतदातालाई धम्क्याएको भन्दै उजुरी दिएको आयोगले जनाएको छ ।

आयोले भनेको छ, ’यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनमा जान्छ भन्नुको अन्तरनिहित मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ, छैन ? कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ/हुँदैन ?’

ताजा खबर