पाँच दलको संयुक्त अपीलः प्रतिगमनलाई टाउको उठाउन नदिन गठबन्धलाई भोट

२०७९ बैशाख २७ मंगलबार २०:१२:०० मा प्रकाशित

काठमाडौं । पाँच दलीय गठबन्धनले विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ । निर्वाचन मौन अवधि शुरु हुनु केही घण्टा अघि मात्र पाँच दलीय संयुक्त गठबन्धनले संयुक्त अपील जारी गर्दै उत्साहका साथ निर्वाचनमा सहभागी भई पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्याधिक बहुमतका साथ विजयी गराउन अपील गरेका हुन् ।

दुई दुईपटक संसद विघटन भएपछिको असहज परिस्थितिमा ‘संकीर्ण र निषेध’ को राजनीतिकाविरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन भएको र राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनु पर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको विज्ञप्तिमा भनिएको छ ।

‘पटकपटक संसद विघटनपछि दशकौं लडेर ल्याएको लोकतन्त्र संकटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सह्मालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन संघारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरुको काँधमा आएको छ ।’, विज्ञप्तिमा उल्लेख छ ।

ताजा खबर