शेयर बजारमा दोहोरो अङ्कको बृद्धि

२०७९ बैशाख २७ मंगलबार १६:१८:०० मा प्रकाशित

काठमाडौं । लगातार तेस्रो दिन मङ्गलबार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव १६ अङ्कले बढेर दुई हजार तीन सय १३ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन, लघुवित्त र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । नेप्से बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन ।

दुई सय २६ वटा कम्पनीका ३३ लाख ३० हजार कित्ता शेयर एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको नौ करोड ९८ लाख रुपैयाँको शेयर किनबेच भयो । आज वरुण हाइड्रो,ङादी ग्रुप पावर, युनिभर्सल पावर र जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ ।

ताजा खबर