श्रीलंकामा देशव्यापी कफ्र्यु घोषणा

२०७९ बैशाख २७ मंगलबार १३:१६:०० मा प्रकाशित

श्रीलंकामा केही दिनयतादेखि सुरु भएको आर्थिक संकटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक संकटका कारणले गर्दा मन्त्री तथा प्रधानमन्त्रीले पनि राजीनामा दिएका छन् । यहाँका प्रधानमन्त्री महिन्दा राजपाक्छेले सोमबार मात्र आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति गोटबाया राजपाक्छेले स्वीकृत गरेका छन् ।

यसैबीच, सरकारका विरुद्धमा जारी रहेको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलंकाली सरकारले देशव्यापी रुपमा कफ्र्युको घोषणा गरेको छ । यसअघि पनि सोमबार रातिदेखि मंगलबारसम्म लगाइएको कफ्र्यु आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलंकाली सरकारले जनाएको छ ।

ताजा खबर