कपिलवस्तुमा कांग्रेसकी उपमेयर पदकी उमेदवारको निधन

२०७९ बैशाख २७ मंगलबार ०९:४५:०० मा प्रकाशित

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदकी उमेदवारको निधन भएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस कपिलबस्तुको तर्फबाट उपप्रमुख पदको उमेदवार बनेकी शुभावती कुर्मीको हृदयघातका कारण निधन भएको हो ।

हृयघातका कारण सोमबार राति १ बजे जिल्ला अस्पताल तौलिहवामा उपचारक्रममा निधन भएको हो । उनको दाहसंस्कार आज विहान १० बजे बाणगंगा नदीको बरगदी घाटमा हुने परिवारिकले जनाएको छ ।

ताजा खबर