रेनुलाई जिताएन भने देश दुर्घटनामा जान्छ भनेको छैनः प्रचण्ड

२०७९ बैशाख २६ सोमबार १६:२३:०० मा प्रकाशित

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको दाबी गरेका छन्। धनगढीमा सत्ता गठबन्धनले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएको बताएका हुन् ।

‘कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई दुर्घटनाबाट बचाएकै हो । भोलिका दिनमा पनि देशमा हुनसक्ने राजनीतिक दुर्घटनाबाट बचाउने प्रतिवद्धता गरेको छ।’ उनले शेरबहादुर देउवा, आफू र माधव नेपालको बीचमा असमझदारी बनाउकान लागि निकै ठुलो कसरत भइरहेको पनि बताए ।

दृढताको साथ गठबन्धनको पक्षमा लागेको भन्दै उनले काँग्रेस सभापति देउवालाई धन्यवाद दिए । उनले छोरीलाई जिताइएन भने देश दुर्घटनामा पर्छ भनेर आफूले कतै पनि टिप्पणी नगरेको दाबी गरे । आफूले देशको स्थायित्वका लागि यस्तो भन्दा एकथरिले यस्तो गलत हल्ला फैलाएको उनको भनाई थियो । उनले भने,‘मैले कहीँ पनि छोरीलाई जिताएन भने देश दुर्घटना हुन्छ भनेर चेतावनी दिएको छैन । तर एकाथरीले गलत हल्ला फैलाए। मैले गठबन्धनले निर्वाचन नजित्दा गलत व्यक्तिहरुले जित हात पार्ने र यसले देश दुर्घटनामा पर्ने भनेको हो।’

गठबन्धनले वैशाख २२ गते चितवनमा आयोजना गरेको सभामा छोरी रेनु दाहालका लागि भोट माग्दै मत नदिए देश दुर्घटनामा पर्छ भनेका थिए।

ताजा खबर