पाकिस्तानका विदेशमन्त्री अमेरिका जाने

२०७९ बैशाख २६ सोमबार १३:५६:०० मा प्रकाशित

पाकिस्तानका विदेश मन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जाने भएका छन् । यही मे महिनाको मध्यतिर उनले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनी अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लागेका हुन् । उनीहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको थियो ।

अमेरिका—पाकिस्तान सम्बन्धको ७५औँ बार्षिकोत्सवको अवसरमा उहाँहरुका बीचमा टेलिफोन संवाद भएको हो । उनीहरुले आपसी सम्बन्ध थप बलियो बनाउदै लैजाने, सहकार्यका नयाँ ढोकाहरु खोल्नेलगायतका विषयमा पनि कुरा गरेका जनाइएको छ ।


 

ताजा खबर