जेठ ३ मा बजेट अधिवेशन बोलाउन सिफारिस

२०७९ बैशाख २५ आइतबार १५:२९:०० मा प्रकाशित

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन जेठ ३ गते बोलाउन सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते अपरान्ह चार बजे बैठक बस्ने गरी संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।
 

ताजा खबर