एमसीसीले सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाईः प्रधानमन्त्री

२०७९ बैशाख २४ शनिबार १४:२१:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको अत्याचार बढ्दै गएपछि पाँच दलीय गठबन्धन बनेको बताएका छन् ।

पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले लहडका भरमा पटकपटक संसद विघटन गरेकाले त्यसकाविरुद्ध गठबन्धन बनाएको बताएका हुन् ।

ओलीले दुई पटकसम्म विघटन गरेको संसदलाई अदालतले पुनःस्थापना गरिदिए पनि फेरि त्यही एमालेले संसद चल्न नदिएको उनले बताए । उनले एमालेलाई जिताए भोलिका दिनमा हिजोको जस्तै हालत नेपाली जनताले भोग्नुपर्ने बताए । उनले भने। ‘ओलीको पार्टीलाई जिताए यहाँ भोलि त्यही हालत हुन्छ ।’

उनले गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएकाले  गठबन्धनका सबै साथीहरूलाई कुनै शंकाउपशंका नगरी जिताउन आग्रह गरे । उनले  एमसीसी एउटा विदेशी अनुदान भएको स्पष्ट पार्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

एमसीसी परियोजनाबाट बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रसारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने उनको भनाइ थियो।

ताजा खबर