पद्मावत बन्यो ‘पद्मावती’

२०७४ पौष १८ मंगलबार १७:०८:०० मा प्रकाशित

मुम्बई । लामो विवादपछि फिल्म पद्मावती बारे सेन्सर बोर्डले निर्णय सार्वजनिक गरेको छ। अब फिल्मको नाम ‘पद्मावत’ हुनेछ । हालै मात्र सेन्सरले फिल्मको नाम परिवर्तन गर्न  आदेश दिएको थियो । सेन्सर पास भएसँगै दीपिका पदुकोण, शाहिद कपुर तथा रणवीर कपुरको फिल्मलाई नयाँ प्रर्दशन मिति घोषणा गर्ने बाटो खुलेको छ।  

फिल्मले युए सर्टिफिकेट पाउनुका साथै  फिल्मको २६ वटा दृश्य काटिएको छ। फिल्ममा दीपिका रानी पद्मावतीको भूमिका देखिएकी छिन् भने शाहिद उनको पति राजा रावल रतन सिंहको भूमिकामा छन्। यता रणवीर सिहंले  अलाउद्धिन खिलजीको भूमिका गरेका छन् ।

फिल्म १६ शताब्दीका चर्चित कवि मलिक मुहम्मद जयासीको कृतिमा आधारित रहेको तथ्यलाई  ध्यानमा राख्दै फिल्मको नाम परिवर्तन गर्न लगाइएको भारतीय संचारमाध्यमले जनाएका छन्। फिल्मलाई संजयलिला भन्सालीले निर्देशक गरेका हुन । एजेन्सीको सहयोग 

 


 

ताजा खबर