भरतपुरमा चुनाव जित्न कुनै अप्ठ्यारो छैनः प्रचण्ड

२०७९ बैशाख २२ बिहीबार ११:५३:०० मा प्रकाशित

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनलाई चुनाव जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले बिहीबार भरतपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न चितवन आएका प्रचण्डले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दाबी गरेका हुन् ।

उनले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको बताए। प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेका जनाउँदै फैसला जनताका हातमा रहेको बताए । स्वतन्त्र उमेदवारको विषयमा धेरै चर्चा गर्नुभन्दा गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढ्नु उचित हुने भन्दै उनले उमेदवारी दिने स्वतन्त्रता कोही पनि नेपालीलाई रहेको बताए ।

उनले भने,‘मलाई निर्वाचन जित्न कुनै अप्ठ्यारो हुन्छ झैं लागेको छैन। निर्वाचन जित्न असहज छैन। धेरै कारणले निर्वाचनको परिणाम गठबन्धनको पक्षमा हुन्छ।’ चुनावी सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।

ताजा खबर