एआईजी पोखरेलको रिट हेर्दाहेर्दैमा

२०७९ बैशाख २१ बुधबार १७:२४:०० मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषयमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

एआईजी विश्वराज पोखरेलले आफू सिनियर हुँदा समेत जुनियरलाई आईजीपी बनाएको भन्दै दायर गरेको रिटमाथि सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो। मुद्दालाई भोलि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

बुधबार सरकारकातर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित चार जना अधिवक्ताले बहस गरेका छन् , महान्यायाधिवक्ता खातीसँगै वरिष्ठ अधिवक्ता सुशील पन्त, अधिवक्ताहरू टिकाराम भट्टराई र भीमार्जुन आचार्यले सरकारको तर्फबाट बहस गरेका हुन् । उनीहरुले बिदामा बसेको व्यक्तिलाई अन्तरिम आदेश दिन नहुने जिकिर गरेका छन् ।

एसपी हुँदासम्म हाल आईजीपीमा बढुवा भएका धीरजप्रताप सिंह नै अगाडि रहेको र पछि उनलाई पन्छाएर विश्वराज पोखरेल अघि बढेको उनीहरुले तर्क गरेका छन् । पोखरेलको तर्फबाट वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको नेतृत्वमा हरिहर दाहाल, मेघराज पोखरेल, ललित बस्नेतलगायत कानुन व्यवसायीले बहस गर्नेछन्।

ताजा खबर