त्रिभुवन विमानस्थलमा फेला परेन शंकास्पद वस्तु

२०७९ बैशाख २१ बुधबार १२:०८:०० मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । अनुसन्धानका क्रममा बम नभएको पुष्टि भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको भन्दै बुधबार बिहान फोन गरेको थियो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विदेशबाट आएको फोनमा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलका तीन ठाउँमा बम भएको र एक घण्टापछि पड्किने भन्दै थ्रेट कल आएको थियो ।

त्यसपछि यात्रुलाई बाहिर निकालेर विमानस्थल क्षेत्र खाली गराइएको थियो । एक घण्टाभन्दा बढी आन्तरिक उडानतर्फका सबै उडान बन्द गरिएको थियो । प्रहरीले बम रहेको भन्दै फोन गर्नेको खोजी गरिरहेको जनाएको छ । बम नभएको पुष्टि भएपछि अहिले उडान सुरु भएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

ताजा खबर