सांघाइमा कोरोना संक्रमण घट्दै

२०७९ बैशाख २० मंगलबार १२:२९:०० मा प्रकाशित

चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् ।

अधिकारीहरुले यहाँ अहिले पनि ५ हजार भन्दा बढी सक्रिय संक्रमित भने रहेका बताएका छन् । यसअघि हरेक दिन कम्तीमा पनि एक हजार जना संक्रमित पाइने गरेकामा अहिले त्यसमा कमी आएको हो । यहाँको म्युनिसिपल हेल्थ कमिसनले सांघाइमा पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु घट्दै गएको बताएका हुन् ।


 

ताजा खबर