गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु

२०७९ बैशाख १९ सोमबार २१:२९:०० मा प्रकाशित

गोरखा । गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी सोमबार साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक एसपी केदार खनालले जानकारी दिए ।

बा१४च ७८१ नम्बरको स्कार्पियो जिप आरुबोटेको फिरफिरे भिरबाट झन्डै २०० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको पहिचान हुन नसकेको एसपी खनालले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय गोरखाबाट डिएसपी लीलाराज लामिछाने नेतृत्व प्रहरीको प्रहरी टोली घटनास्थल पुगिसकेको छ ।

ताजा खबर