वरिष्ठ उपाध्यक्ष पोखरेल एमालेबाट काठमाडौँ महानगरको चुनावी कमाण्डर

२०७९ बैशाख १९ सोमबार १७:४७:०० मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको चुनावी अभियानको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने भएका छन् । एमालेले वरिष्ठ उपाध्यक्ष पोखरेललाई संयोजक बनाउँदै ‘काठमाडौं महानगर निर्वाचन परिचालन निर्देशक समिति’ गठन गरेको छ ।

‘चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मेयर–उपमेयरसहित ३२ वटै वडाका सबै उम्मेदवारलाई विजयी गराउन नेकपा (एमाले) अब चुनावी मैदानमा उत्रिएको छ,’ काठमाडौं महानगर निर्वाचन परिचालन सचिवालयमा सम्बोधन गर्दै संयोजक पोखरेलले भने । पोखरेलका अनुसार चुनावी अभियान ३२ वटै वडामा अघि बढिरहेको छ । अब थप व्यवस्थित ढंगले यो काम अघि बढ्ने पनि उनले बताए ।

पोखरेलले सोमबार नै ३२ वटै वडाको गतिविधि र त्यहाँ भइरहेको चुनावी प्रचारबारे जानकारी लिएका थिए । नेकपा एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष तथा निर्देशक समितिका सदस्य निर्मल देउलाले मुलुकको सबैभन्दा ठूलो र पुरानो महानगर काठमाडौं महानगरपालिकाको चुनावी गतिविधि थप संयमित र व्यवस्थित ढंगले अघि बढ्ने बताए ।


 

ताजा खबर