एमालेका बागी उम्मेदवार कारबाहीमा

२०७९ बैशाख १९ सोमबार १४:४१:०० मा प्रकाशित

रुपन्देही । नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएका १५ जनालाई कारबाही गरेको छ । पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्य समेत नरहने गरी एमालेले निष्कासन गरेको छ ।

सिंगो पार्टीपंक्ति चुनावी अभियानमा केन्द्रित भइरहेको यस अवस्थामा केही पालिकामा पार्टी निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीका सबै जिम्मेवारीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।

ताजा खबर