केशव स्थापितलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

२०७९ बैशाख १९ सोमबार १३:१८:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेकातर्फबाट काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा यौन दुर्व्यवहारसम्बन्धी सोधिएको प्रश्नमा प्रश्नकर्तालाई नै लक्षित गरेर स्थापितले दिएको अभिव्यक्ति सम्बन्धमा आयोगले स्पष्टीकरण सोधेको हो ।

वैशाख १५ गते भएको एक कार्यक्रममा प्रश्नकर्ता भावना राउतले सोधेको प्रश्नमा स्थापितले 'यू आर नाइस लेडी तर थुतुनो राम्रो भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । त्यसबारे  २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिए ।

ताजा खबर