फिलिपिन्समा आगलागीमा परी ८ जनाको मृत्यु

२०७९ बैशाख १९ सोमबार १३:००:०० मा प्रकाशित

सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उदृत गर्दै स्थानीय रेडियोले जनाएअनुसार स्थानीय समयअनुसार बिहान ५ बजे क्वेजोन शहरको उपनगरमा रहेको युनिभर्सिटी अफ फिलिपिन्स परिसरमा आगलागी हुँदा पीडितहरू आफ्नै निवासमा फसेका थिए । मृत्यु हुनेमा बालबालिका पनि छन् ।

आगलागीबाट करिब ८० घर जलेर नष्ट भएका र २५० परिवार प्रभावित भएका जनाइएको छ । आगलागीबाट बच्न केही बासिन्दाहरू जलिरहेको घरबाट हाम फालेर भाग्दा घाइते भएका छन्। करिब दुई घण्टापछि दमकलले आगो निभाएको थियो ।

ताजा खबर