इदका अवसरमा अफगानिस्तानमा उच्च सुरक्षा सतर्कता

२०७९ बैशाख १९ सोमबार १०:५०:०० मा प्रकाशित

मुस्लिम धर्माबलम्बीहरूको प्रमुख पर्व इद अल फित्रको अवसरमा अफगानिस्तानमा सुरक्षा सतर्कता उच्च बनाइएको छ ।
पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरू बढ्दै गएकाले सुरक्षा सतर्कता बढाइएको सरकारी अधिकारीहरूले जनाएका छन् । विशेष गरी मस्जिदमा प्रार्थना गरेपछि विस्फोटनका घटनाहरू हुने गरेको पाइएको छ ।

ती घटनामा परी केहीको मृत्यु पनि भएको छ भने केही घाइते भएका छन् । तत्कालीन विद्रोही तालिवानले सत्ता कब्जा गरेर सरकार चलाउन थालेपछि मुुलुकमा शान्ति कायम हुने अपेक्षा गरिएपनि फेरि हिंसात्मक घटना बढ्न थालेका छन् ।

अफगानिस्तानमा फेरि हिंसात्मक घटना बढ्न थालेकोमा अफगानी नागरिकसँगै विश्वभरबाट चिन्ता व्यक्त भइरहेको छ । देशमा सुरक्षा सतर्कता बढाउने क्रममा तालिवानका शीर्ष नेता र सरकारका उच्च पदाधिकारीहरूको सुरक्षामा विशेष ध्यान दिइएको छ ।


 

ताजा खबर