नेपाल प्रहरीको आइजिपीमा सिंह र सशस्त्रमा अर्याल नियुक्त

२०७९ बैशाख १८ आइतबार १४:०३:०० मा प्रकाशित

काठमाडौं । सरकारले नेपाल प्रहरीमा धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सिंहलाई आईजीपी बनाउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् । त्यसैगरी बैठकले सशस्त्र प्रहरी बलमा राजु अर्याललाई आइजिपी बनाउने निर्णय गरेको पनि उनले बताए ।

नयाँ आईजिपीका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री लगायत सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी आइतबारबाट अनिवार्य अवकाशमा जाँदैछन् । दुई महानिरीक्षकको सेवा अवधि समाप्त भएपछि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ नियुक्तिको निर्णय गरेको हो ।

ताजा खबर