तालमेल नभएका स्थानमा पनि मिलेर जान सत्ता गठबन्धनको निर्देशन

२०७९ बैशाख १८ आइतबार १२:३८:०० मा प्रकाशित

काठमाडौं । सत्तारुढ ठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले चुनावी तालमेल भएका तर उम्मेदवारी फिर्ता नभएका ठाउँमा पनि समझदारी गर्न निर्देशन दिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सहमतिअनुसार उम्मेदवारी फिर्ता लिन मातहत निकायलाई निर्देश गर्ने निर्णय गरेको हो ।

शुक्रबार अपरान्ह ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने समय थियो । तर यो समयभित्र उम्मेदवारी फिर्ता नभएका ठाउँमा समझदारी गरी अघि बढ्न सत्तागठबन्धनले निर्देशन दिएको हो । कतिपय ठाउँमा केन्द्रले हस्तक्षेप गर्दै उम्मेदवारी फिर्ता लिएको पत्र पठाए पनि शुक्रबार ५ बजेपछि मात्रै पत्र पुग्दा उम्मेदवारी कायमै थियो।

ताजा खबर