राष्ट्रसंघद्वारा अफगानिस्तानमा भएका निरन्तर आक्रमणको निन्दा

२०७९ बैशाख १८ आइतबार ११:४८:०० मा प्रकाशित

अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा हमला भइरहेकामा संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले घटनाको निन्दा गरेको हो ।

पछिल्ला हप्ताहरुमा यहाँ हत्या हिंसाका शृंखला बढ्दै गएका र यी आक्रमणहरुले यहाँका सर्वसाधारण नागरिकहरुलाई लक्ष बनाएकाले यसप्रति सुरक्षा परिषदले चिन्ता व्यक्त गरेको छ ।

अफगानिस्ताजमा मजार ए शरिफमा रहेको एक मस्जिदमा गत बिहीबार हमला हुँदा कैयौँ नागरिकको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार कुन्दुजमा दुई बसमा बम हमला भएको र सर्वसाधारण नागरिकको ज्यान गएको थियो ।
 

ताजा खबर