प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन प्रचण्डको आग्रह

२०७९ बैशाख १८ आइतबार ०९:१०:०० मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिन भएको बताएका छन् । उनले श्रमजीवि जनसमुदाय, कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन आग्रह गरेका छन् ।

संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवि वर्गले नेतृत्वदायी भूमिका निर्वाह खेल्न सक्ने अपेक्षा पनि गरेका छन् ।

मजदुर दिवसको शुभकामना दिँदै उनले निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उमेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्न आम मजदूरसँग आग्रह गरेका छन् ।

“नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् श्रमजिवि जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन्,” उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

ताजा खबर