एमालेले हरेक मतदानस्थलमा दुईसय स्वयंसेवक परिचालन गर्ने

२०७९ बैशाख १७ शनिबार १९:२१:०० मा प्रकाशित

काठमाडौं । नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ ।

एमाले जनसङ्गठन समन्वय समितिको शनिबार बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० स्वयंसेव परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए ।

यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासङ्घ, भूपू सैनिक, खेलकुद महासङ्घ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुनेछन् ।
 

ताजा खबर