भरतपुरमा कांग्रेसका बागी उम्मेदवार पौडेललाई चुनाव चिह्न ‘भुइँकटहर’

२०७९ बैशाख १७ शनिबार १५:१४:०० मा प्रकाशित

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले चुनाव चिह्न ‘भुइँकटहर’ पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले पौडेललगायतका स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको हो ।

कांग्रेसले मेयरका उमेदवार पौडेल, उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई साधारण सदस्यबाट निस्कासन गरिसकेको छ । भरतपुरको मेयरका लागि ३० जनाले उमेदवारी दिएकामा शुक्रबार तीन जनाले उमेदवारी फिर्ता लिएका छन् । दलका उमेदवारहरुले भने दलकै चुनाव चिह्न पाएका छन् ।

गठबन्धनबाट मेयरको उमेदवार बनेकी रेनु दाहालले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्र हँसिया हथौडा र एमालेका विजय सुवेदीले सूर्य चुनाव चिह्न लिएर चुनाव लड्ने छन् ।

ताजा खबर