आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

२०७९ बैशाख १७ शनिबार ०८:२५:०० मा प्रकाशित

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज (शनिबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।

आयोगमा दल दर्ता गराएका दलहरूले दलगत चुनाव चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि आयोगले छुट्टै चिह्न प्रदान गर्नेछ ।  उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।

ताजा खबर