जीप दुर्घटनामा परी सिन्धुलीमा तीन जनाको मृत्यु

२०७९ बैशाख १६ शुक्रबार १८:५१:०० मा प्रकाशित

सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिन्धुलीबाट चकमके गइरहेको बागमती प्रदेश ०१–०२६ च ०४५१ बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक महिला र दुई पुरुषको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा अम्बोटेका रामप्रसाद भण्डारी, तुलासी पहाडी, चकमकेकी रुपा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो । जीपमा चालक सहित १२ जना सवार थिए ।


 

ताजा खबर