थप १४ जनामा कोभिड संक्रमण, १९ जना संक्रमणमुक्त

२०७९ बैशाख १६ शुक्रबार १५:३४:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७७१ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २४३ रहेको मन्त्रालयले जनाएको छ ।

ताजा खबर