धाक, धम्की दिएर मनोनयन फिर्ता गराउने काम नगर्न आयोगको आग्रह

२०७९ बैशाख १६ शुक्रबार १४:२६:०० मा प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन र धरपकड नगर्न आग्रह गरेको छ । शुक्रवार दिउँसो विज्ञप्ति जारी गरी आयोगले कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यस्ता गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो ।

आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ । आयोगले उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार रहेको भन्दै उम्मेदवारलाई धाक, धम्की र प्रलोन दिनु लोकतन्त्रमाथिकै आघात भएको बताएको छ । हाल गठबन्धनलगायत दलहरुले बागी उमेदवारलाई उमेदवारी फिर्ता लिन दबाब दिइरहेका छन् ।

ताजा खबर