राष्ट्रसंघका महासचिव गुटेरस युक्रेनमा

२०७९ बैशाख १५ बिहीबार १३:१०:०० मा प्रकाशित

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुगेका छन् । उनी रुसको भ्रमणपछि बिहबार युक्रेन पुगेका हुन् । उनले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनेछन् ।

राष्ट्रसंघीय महासचिव गुटेरसले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताएका छन् ।

उनले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि बताएका छन् । महासचिव गुटेरस हालैमात्र रुसको भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका थिए ।

ताजा खबर