निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्ने

२०७९ बैशाख १५ बिहीबार ०९:४४:०० मा प्रकाशित

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ । उम्मेदवारको मनोनयनविरुद्ध परेका उजुरीको जाँचबुझ सकेर आजै साँझसम्ममा नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ मनोनयन दर्ता भएको थियो। करिब ३६ हजार पदका लागि देशभरबाट १ लाख ५२ हजार ४ सय ५५ जनाले उम्मेदवारी दिएका छन् ।

विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जनाको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ । वैशाख १६ गते साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन्। उम्मेदवारको अन्तिम नामावली पनि शुक्रबारै प्रकाशित गर्ने र १७ गते उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
 

ताजा खबर