श्रीलङ्कामा सर्वदलीय सरकार बन्ने

२०७९ बैशाख १५ बिहीबार ०८:५३:०० मा प्रकाशित

श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले सर्वदलीय सरकार बनाउन आफू तयार रहेको बताएका छन् । आफू सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिदै उनले संसद्मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको स्पष्ट पारे ।

देशको अहिलेको आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने जिम्मेवारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम गर्नु पर्नेमा उनले जोड दिए । उनले सबै दलका नेताहरूलाई सर्वदलीय सरकार निर्माणका लागि छलफलमा आउन समेत आग्रह गरेका छन् ।

सरकार भित्रको संरचना, वरियता, भागबन्डालगायत विषयमा छलफल गर्न आफू खुला रहेको पनि राष्ट्रपति राजापाक्षेले स्पष्ट पारेका छन् । उनले सर्वदलीय सरकार गठनका बारेमा छलफल गर्न आगामी शुक्रबार सत्तारुढ गठबन्धनको बैठक समेत बोलाएका छन् ।

श्रीलङ्कामा आर्थिक संकट सुरु भएपछि महङ्गी र अभाव सृजना भएको थियो भने त्यसै कारणले आम नागरिक आन्दोलनमा उत्रिएका छन् ।
 

ताजा खबर