फुटको संघारमा विप्लव नेतृत्वको नेकपा, दुई नेतालाई कारबाही

२०७९ बैशाख १४ बुधबार ११:५०:०० मा प्रकाशित

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वलीलाई पदमुक्त गरेका छन् । अराजक गतिविधि र आर्थिक अनियमिततालगायत आरोप लगाउँदै उनीहरूलाई महासचिव विप्लवले पदमुक्त गरेका हुन् ।

पछिल्लो समय विप्लव चुनावको पक्षमा थिए भने बास्तोला र वली विपक्षमा थिए । यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ ।’

ताजा खबर