१० प्रकारका सामान नेपाल भित्राउन प्रतिबन्ध

२०७९ बैशाख १४ बुधबार ०९:०३:०० मा प्रकाशित

काठमाडौं । सरकारले १० प्रकारका सामान नेपाल भित्राउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्राउन प्रतिबन्ध लगाएको हो ।

३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पाइने छैन ।

ताजा खबर