धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु

२०७९ बैशाख १३ मंगलबार १५:१७:०० मा प्रकाशित

धनुषा । धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका ५ को भित्री सडक खण्डमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका ४ का २० वर्षीय सुमित भिण्डेबाल र धनुषाको विजय नगरपालिका ५ का १८ वर्षीय अविनाश मण्डलको ज्यान गएको हो । अर्का एक जनाको परिचय खुलेको छैन । ज्यान गुमाएका तीन जनाकै शव अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।

ताजा खबर