सांघाइमा कोभिड संक्रमित बढ्दै

२०७९ बैशाख १३ मंगलबार १३:२६:०० मा प्रकाशित

चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् । चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र अर्थात् गएको २४ घन्टाभित्र १ हजार ६६१ जनामा संक्रमण देखिएको छ । यी संक्रमितहरु सांघाइमै संक्रमण भएर देखिएका बताइएको छ ।

हाल सांघाइमा मात्र १५ हजार ३१९ जना संक्रमित रहेका छन् ।चीनमा पछिल्ला केही समयमा चिनभित्रै संक्रमित भएकाहरुको संख्या बढ्दो देखिएको छ । चीन सरकारले जनस्वास्थ्यका मापदण्डहरुमा कडाइ गरेको जनाएको छ ।

यहाँको स्थानीय सरकारले सांघाइमा मात्र सोमबार ५२ जनाको कोभिड संक्रमणका कारण निधन भएको छ । ती ५२ जना संक्रमितहरु गम्भीर प्रकारको स्वास्थ्य समस्या रहेका मनिसहरु रहेका पनि बताइएको छ ।
 

ताजा खबर