एक लाख ३७ हजार भन्दा बढीको उम्मेदवारी दर्ता

२०७९ बैशाख १३ मंगलबार ०८:५८:०० मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको मंगलबार बिहान साढे सात बजेसम्मको विवरणअनुसार आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि ३२७६ र अध्यक्षका लागि ३२६४ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, उपप्रमुखका लागि २००९, उपाध्यक्षका लागि २२९६, वडाध्यक्षका लागि ३२,२१७ महिला सदस्यका लागि २३ हजार ५२१ र दलित महिला सदस्यका लागि २१ हजार २२१ जनाले मनोनयन दर्ता गराएका छन्। वडा सदस्यका लागि ४९ हजार २३९ जनाले मनोनयन दर्ता गराएका आयोगले जनाएको छ।

ताजा खबर