एक लाख भन्दाबढीको उम्मेदवारी

२०७९ बैशाख १२ सोमबार २३:१९:०० मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४ हजार १२३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको सोमबार राति ११ बजेसम्मको विवरणअनुसार आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २७४४ र अध्यक्षका लागि २९४१ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, उपप्रमुखका लागि १६९९, उपाध्यक्षका लागि २०२३, वडाध्यक्षका लागि २५,०६४ महिला सदस्यका लागि १७ हजार ४६७ र दलित महिला सदस्यका लागि १५ हजार ६९७ जनाले मनोनयन दर्ता गराएका छन्। वडा सदस्यका लागि ३६ हजार ४८८ जनाले मनोनयन दर्ता गराएका आयोगले जनाएको छ।

ताजा खबर