८२ हजार भन्दाबढीको उमेदवारी दर्ता

२०७९ बैशाख १२ सोमबार २१:५१:०० मा प्रकाशित

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगको सोमबार साँझ साढे ८ बजेसम्मको विवरणअनुसार आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा प्रमुखका लागि २३४३ र अध्यक्षका लागि २४९७ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, उपप्रमुखका लागि १४४५, उपाध्यक्षका लागि १७२६, वडाध्यक्षका लागि २० हजार १ सय ७६, महिला सदस्यका लागि १३ हजार ५ सय ५४ र दलित महिला सदस्यका लागि १२ हजार १ सय ८१ जनाले मनोनयन दर्ता गराएका छन्। वडा सदस्यका लागि २८ हजार २ सय ८८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ।

 

ताजा खबर