विराटनगरमा एमालेबाट मेयरमा थापा र उपमेयरमा कार्कीको उम्मेदवारी

२०७९ बैशाख १२ सोमबार १७:४८:०० मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेकपा एमालेका सागर थापाले उम्मेदवारी दर्ता गराएका छन् । सोमवार निर्वाचन अधिकृतको कार्यालयमा तामझामसहित पुगेका थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीसँगै उपमेयरमा एमालेबाटै शिल्पा कार्कीले पनि उम्मेदवारी दर्ता गराएकी छिन् । विराटनगर महानगरमा एमालेबाट केन्द्रीय नेताहरु लालबाबु पण्डित, जीवन घिमिरे, गुरु बरालसहित अन्य नेताहरुसमेत मेयरको टिकट लिने दौडमा सामेल थिए।

तर, सबैलाई उछिन्दै महानगर अध्यक्ष थापाले टिकट पाए । महानगर मेयरका उम्मेदवार थापा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई कार्यकाल स्ववियु सभापति भइसकेका नेता हुन्।

ताजा खबर