वीरगंजको मेयरमा सत्ता गठबन्धनबाट सिंहको उम्मेदवारी

२०७९ बैशाख १२ सोमबार १६:२८:०० मा प्रकाशित

वीरगंज । वीरगंज महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरमा राजेशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आफ्ना समर्थकसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिंहले उमेदवारी दिएका हुन् ।

२०७४ को निर्वाचनमा सिंह तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट मेयरका प्रत्यासी थिए । अहिले उनी जनता समाजवादीको तर्फबाट मेयरको उमेदवार बनेका हुन् । केही दिनअघि उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) त्यागेर जसपा प्रवेश गरेका थिए । 

ताजा खबर