पोखराको मेयर र उपमेयरमा एमाले उम्मेदवारको मनोनयन दर्ता

२०७९ बैशाख १२ सोमबार १५:०६:०० मा प्रकाशित

कास्की । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरूङले सोमबार मनोनयन दर्ता गराएका हुन् ।

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारको टिकट पाएपछि एमालेका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले आज बिहान राजीनामा दिएका थिए । एमालेले दीपक पौडेललाई दिइसकेको मेयरको टिकट अन्तिम समयमा खोसेर थापालाई दिएको छ।

ताजा खबर