ललितपुरको मेयरमा एमालेबाट हरिकृष्ण व्यञ्जनकारको उम्मेदवारी दर्ता

२०७९ बैशाख १२ सोमबार १३:५८:०० मा प्रकाशित

काठमाडौं । ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकारले मेयरमा र मञ्जली शाक्यले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि एमालेका मेयर पदका उम्मेदवार व्यञ्जनकारले आफूहरुले निर्वाचन जित्ने आधार प्रशस्त रहेको दाबी गरे ।

उनले आफूहरुको जित्ने आधार भनेको जनता नै भएको र यसपटक ललितपुरबासी आफ्नो पक्षमा रहेको बताए । २०७४ सालको निर्वाचनमा पनि उनी उम्मेदवार भएका थिए। तर, नेपाली कांग्रेसका नेता चिरिबाबु महर्जनसँग थोरै मतले पराजित भएका थिए ।
 

ताजा खबर