कांग्रेसले छान्यो तीन महानगरमा मेयरको उम्मेदवार

२०७९ बैशाख १२ सोमबार १२:१२:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंह, ललितपुरको मेयरमा चिरिबाबु महर्जन र विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । महर्जन हाल ललितपुर महानगरपालिकाका मेयर छन् ।

सिंह नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । कोइराला शेखर कोइराला निकट मानिन्छन् । गठबन्धनका तर्फबाट भागबन्डा गर्दा काठमाडौं, ललितपुर र विराटनरको मेयर उम्मेदवार बनाउने जिम्मा कांग्रेसले पाएको थियो । काठमाडौंमा नेकपा एमालेले केशव स्थापितलाई मेयर उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

ताजा खबर