एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरमा उम्मेदवार

२०७९ बैशाख १२ सोमबार ११:२१:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले काठमाडौं महानगरको उपप्रमुखसहित आफूले पाएका ६ वटै पालिकामा उम्मेदवार टुंग्याएको छ । केन्द्रीय सचिवालय बैठकले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबीचको भागबण्डाअनुसार उम्मेदवार टुंग्याएको हो ।

नेकपा (एकीकृत समाजवादी)ले महानगर प्रमुख १, उपमहानगर प्रमुख १, महानगर उपप्रमुख १ र उपमहानगरपालिका उपप्रमुख ३ पाएको छ । पोखरा महानगरपालिकाको प्रमुखमा धनराज आचार्य, हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा मीना लामा, काठमाडौं महानगरको उपप्रमुखमा रामेश्वर श्रेष्ठ, इटहरिमा केशवकुमार विष्ट, बुटवलमा चीनबहादुर गुरूङ र तुलसीपुर उपमहानगरपालिकाको उपप्रमुखमा जोगबहादुर रानामगरलाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा (एकीकृत समाजावदी)ले जनाएको छ ।

ताजा खबर